नेपालमा वर्षेनी ५० हजारभन्दा बढीलाई मस्तिष्कघात

नेपालमा वर्षेनी ५० हजारभन्दा बढीलाई मस्तिष्कघात

काठमाडौँ, कात्तिक १२ । नेपालमा प्रत्येक वर्ष ५० हजारभन्दा बढी मानिस मस्तिष्कघातबाट प्रभावित हुने गरेका छन्। नेपाल पक्षघात सङ्घका निवर्तमान अध्यक्ष राजु पौडेलका अनुसार देशमा प्रत्येक १० मिनेटमा एक जनालाई मस्तिष्कघात हुने गरेको छ।

उच्च रक्तचाप, मधुमेह, मोटोपन, धूमपान, असन्तुलित खानपान र शारीरिक निष्क्रियता मस्तिष्कघातका प्रमुख जोखिम हुन्। अनुहार बाङ्गिनु, बोली लरबराउनु, हातखुट्टा कमजोर हुनु, सन्तुलन बिग्रनु वा आँखाको ज्योति अचानक गुम्नु यसका लक्षण हुन सक्छन्।

यस्ता लक्षण देखिएमा समय खेर नफाली तत्काल अस्पताल पुग्नुपर्ने चिकित्सकको सुझाव छ। मस्तिष्कघातमा छिटो उपचार सुरु गर्न सके ज्यान जोगाउन र दीर्घकालीन अपाङ्गताको जोखिम घटाउन सकिन्छ।

विश्व मस्तिष्कघात दिवसका अवसरमा स्वास्थ्यप्रति सचेत रहन र मस्तिष्कघातका लक्षण देखिनेबित्तिकै उपचार खोज्न आग्रह गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP