चर्चामा
रौतहट । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय प्रहरीले संयुक्त रूपमा बरामद गरेका छन्।
एसएसबीको ७१औँ बटालियनअन्तर्गत ई-कम्पनी बेलदरवामठ र आदापुर प्रहरीले बिहीबार बिहान करिब २ः१५ बजे भारतको बिहारस्थित इनर्वा गाउँनजिकै संयुक्त गस्तीका क्रममा चौपाया फेला पारेका हुन्।
बरामद गरिएका चौपायामा तीन वटा गाई, चार वटा बाच्छा र तीन वटा बाच्छी रहेका छन्। प्रारम्भिक विवरणअनुसार ती चौपाया नेपालको नीलकण्ठ क्षेत्रबाट भारतको सिरसिया कलातर्फ लैजाँदै गरिएको थियो।
तस्करीमा संलग्न व्यक्ति भने फरार भएका छन्। बरामद गरिएका चौपाया आवश्यक कानुनी कारबाहीका लागि आदापुर प्रहरी थानामा बुझाइएको एसएसबीले जनाएको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!