प्रतिवेदनअघि आईजीपी हटाउने निर्णय हुँदैन भन्ने विश्वास छ : खुश्बु ओली

प्रतिवेदनअघि आईजीपी हटाउने निर्णय हुँदैन भन्ने विश्वास छ : खुश्बु ओली

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक एवं निर्वाचन प्रहरी पोसाक खरिदसम्बन्धी अध्ययन उपसमितिकी संयोजक खुश्बु ओलीले अध्ययन प्रतिवेदन आउनुअघि सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने निर्णय नगर्ने विश्वास व्यक्त गरेकी छन्।

उपसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले अध्ययन अनुसन्धान पूरा नहुँदै निष्कर्षमा पुग्नु न्यायोचित नहुने बताइन्। सरकारले गठन गरेको अध्ययन समितिको काममा आफैँ हस्तक्षेप गरेर निर्णय लिने सम्भावना नरहेको उनको भनाइ छ।

उनले सञ्चारमाध्यममा आएका समाचार र उपसमितिको बैठकबीच कुनै सम्बन्ध नरहेको दाबी गर्दै प्रतिवेदन तथ्य र प्रमाणका आधारमा तयार गरिने बताइन्।

ओलीका अनुसार अध्ययन प्रारम्भिक चरणमा रहेकाले निष्पक्ष अनुसन्धानपछि मात्रै निष्कर्ष निकालिनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP