असोजमा ५ हजारभन्दा बढी चारपाङ्ग्रे गाडी आयात, सरकारले उठायो पौने ८ अर्ब राजस्व

असोजमा ५ हजारभन्दा बढी चारपाङ्ग्रे गाडी आयात, सरकारले उठायो पौने ८ अर्ब राजस्व

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा नेपालमा ५ हजारभन्दा बढी कार, जिप तथा भ्यान आयात भएका छन्। भन्सार विभागका अनुसार ९ अर्ब ४७ करोड रुपैयाँ मूल्यका ५ हजार ५७ युनिट सवारीसाधन आयात हुँदा सरकारले ७ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

आयातित सवारीमध्ये विद्युतीय गाडी (ईभी) को हिस्सा सबैभन्दा ठूलो छ। असोजमा ८ अर्ब ३५ करोड रुपैयाँ मूल्यका ३ हजार ८०२ युनिट ईभी आयात भएका छन्। यसबाट सरकारले ४ अर्ब ८७ करोड रुपैयाँ राजस्व प्राप्त गरेको छ।

त्यस्तै, एक महिनामा १ हजार ८३ युनिट पेट्रोल कार र ८४ युनिट डिजेल कार आयात भएका छन्। पेट्रोल हाइब्रिड तथा अन्य सवारीसाधन पनि आयात भएका छन्।

मोडलका आधारमा असोजमा डोङफेङ नामी भिगो सबैभन्दा धेरै आयात भएको ईभी बनेको छ। एमएडब्लू वृद्धिले ८२९ युनिट भिगो भित्र्याउँदा बीवाईडी एटो २ का ६३८ युनिट आयात भएका छन्।

चाडपर्वको समयमा सवारीसाधनको माग बढेसँगै आयात र त्यसबाट प्राप्त हुने राजस्वमा पनि वृद्धि भएको देखिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP