चितवनमा तीन महिनादेखि लाइसेन्स परीक्षा बन्द, सेवाग्राही मर्कामा

चितवनमा तीन महिनादेखि लाइसेन्स परीक्षा बन्द, सेवाग्राही मर्कामा

चितवन, कात्तिक १२ । चितवनमा सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा बन्द हुँदा चितवनसहित आसपासका जिल्लाका सेवाग्राही मर्कामा परेका छन्।

सर्वोच्च अदालतको आदेशपछि गत साउन १० गतेदेखि परीक्षा रोकिएको यातायात व्यवस्था कार्यालय भरतपुरले जनाएको छ। कार्यालयका सूचना अधिकारी गोविन्द पौडेलका अनुसार परीक्षा बन्द हुँदा पुनःपरीक्षा दिनुपर्ने ८०० जनासहित साप्ताहिक रूपमा करिब दुई हजार सेवाग्राही प्रभावित भएका छन्।

निजी ट्रायल सेन्टरको ठेक्का रद्द गरी पुनःठेक्का प्रक्रिया अघि बढाउन अदालतले आदेश दिएपछि परीक्षा रोकिएको हो। मन्त्रालयबाट आवश्यक निर्देशन नआएकाले नयाँ बोलपत्र आह्वान गर्न नसकिएको कार्यालयले जनाएको छ।

ट्रायल सेन्टर सञ्चालनमा हुँदा एकपटकमा करिब ४०० जनाले परीक्षा दिने गरेका थिए। परीक्षा बन्द हुँदा कार्यालयबाट सवारी चालक अनुमतिपत्रसम्बन्धी सेवा प्रभावित भएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP