टस जितेर काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने

टस जितेर काठमाडौं गोर्खाजले पहिले ब्याटिङ गर्ने

काठमाडौं, कात्तिक १२ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुँदैछ। दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।

एनपीएलको तेस्रो संस्करणअन्तर्गत जारी प्रतियोगितामा हरेक खेलको नतिजाले अंकतालिकामा प्रभाव पार्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण रहनेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP