कृषि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

कृषि अनुदान मिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं । कृषि फार्मका लागि सरकारी सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले काठमाडौं महानगरपालिका-१३ ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका-१४ नखिपोटका ६० वर्षीय प्रेम नारायण खनाललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार सिंहदरबारस्थित विभिन्न मन्त्रालयमा आफ्नो पहुँच रहेको भन्दै आरोपीहरूले अनुदान उपलब्ध गराइदिने विश्वास दिलाएर विभिन्न बहानामा पीडितबाट पटक-पटक रकम असुलेका थिए। उनीहरूविरुद्ध जालिम सिंह महतोले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको हो।

पक्राउ परेका दुवै जनालाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई अनुसन्धानका लागि म्याद थप गरिएको सीआईबीले जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नताबारे समेत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP