चर्चामा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह बिहीबार बिहानै सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन्। बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग लामो छलफल गरेका प्रधानमन्त्री शाह आज बिहानै कार्यालय पुगेका हुन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार उनी कार्यालयमा उपस्थित भए पनि मन्त्रिपरिषद्को बैठक बस्ने वा नबस्नेबारे टुंगो लागेको छैन। सामान्यतया मन्त्रिपरिषद्को बैठक साताको सोमबार र बिहीबार बस्ने गर्छ।
बुधबार बुढानीलकण्ठस्थित लामिछानेको निवासमा प्रधानमन्त्री शाह र लामिछानेबीच सरकारका कामकारबाही तथा पार्टीका गतिविधिबारे छलफल भएको थियो। छलफलमा निजामती कर्मचारीसम्बन्धी अध्यादेश, प्रहरी महानिरीक्षक दानबहादुर कार्की र खगेन्द्र सुनारमाथि उठेका प्रश्नलगायत विषय समेटिएको समाचारमा उल्लेख छ।
यसैबीच, प्रहरी महानिरीक्षक कार्कीले बिहीबार दिउँसो प्रहरी प्रधान कार्यालयमा सातै प्रदेशका प्रहरी नायब महानिरीक्षक (डीआईजी) सहित उच्च प्रहरी अधिकारीलाई बैठकका लागि बोलाएका छन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!