चर्चामा
काठमाडौँ। थाइल्यान्डको बैंककमा आयोजित ‘थाइल्यान्ड स्पेस एक्स्पो २०२६’ (Thailand Space Expo 2026) अन्तर्गतको महत्त्वपूर्ण सत्र ‘साइन्स एन्ड स्पेस डिप्लोमेसी’ (Science and Space Diplomacy) मा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठको नेतृत्वमा सक्रिय सहभागिता रहेको छ।
कार्यक्रमका क्रममा ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठ र थाइल्यान्डका उपप्रधानमन्त्री, परराष्ट्र उपमन्त्री लगायत उच्चस्तरीय नेतृत्वबीच विशेष भेटघाट तथा द्विपक्षीय छलफल सम्पन्न भएको छ। भेटका क्रममा अन्तरिक्ष प्रविधि (Space Technology), वैज्ञानिक अनुसन्धान, हरित ऊर्जा तथा नवप्रवर्तन (Innovation) का क्षेत्रमा नेपाल र थाइल्यान्डबीच प्राविधिक एवं कूटनीतिक साझेदारी बढाउने विषयमा गहन विचार-विमर्श भएको छ।
त्यस्तै, एक्स्पोअन्तर्गत आयोजित अन्तर्राष्ट्रिय प्रदर्शनीको अवलोकन गर्दै मन्त्री श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्न र अत्याधुनिक प्रविधिको आदानप्रदानमा नेपालको सहकार्य विस्तारबारे विचार-विमर्श गर्नुभएको छ।
अन्तरिक्ष तथा आधुनिक प्रविधिलाई जनजीवनको सहजता, जलस्रोत व्यवस्थापन, वातावरणीय संरक्षण र दिगो विकाससँग जोड्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपालको कूटनीतिक उपस्थितिलाई थप मजबुत र प्रभावकारी बनाउन यो सहभागिता फलदायी रहने विश्वास लिइएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!