चर्चामा
काठमाडौं । नेपाली कथानक चलचित्र ‘गौँथली’ले फ्रान्सको क्यान्समा आयोजना हुने ‘वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स’मा उत्कृष्ट विदेशी चलचित्रको अवार्ड जितेको छ। सन् २०२६ को अक्टोबर संस्करणमा अवार्ड जितेसँगै नेपाली चलचित्रले अन्तर्राष्ट्रिय मञ्चमा थप पहिचान बनाएको छ।
डा. कपिल रिजालको निर्देशनमा बनेको चलचित्रले ‘बेस्ट फरेन सिनेमा’ विधामा अवार्ड जितेको हो। निर्देशक रिजालले यो उपलब्धिलाई नेपाली चलचित्रप्रतिको प्रेम, सपना र भावनासँग जोडिएको यात्रा बताएका छन्।
२५ वर्षअघि उनका पिता डा. भोला रिजालले निर्माण गरेको गीतिचलचित्र ‘गौँथली’को भाव र विरासतलाई नयाँ पुस्तासम्म पुर्याउने उद्देश्यले नयाँ चलचित्र निर्माण गरिएको निर्देशक रिजालले बताएका छन्। उनले यस सफलताको श्रेय चलचित्रको सम्पूर्ण निर्माण टोली र दर्शकलाई दिएका छन्।
निर्माता सुमन गिरीले पनि अवार्डलाई नेपाली चलचित्र क्षेत्रकै उपलब्धिका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार दर्शकको माया र साथले चलचित्रलाई यो स्थानसम्म पुर्याउन सहयोग गरेको छ।
चलचित्रमा अरुण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा छन्। प्रदर्शनको सय दिन पूरा गरिसकेको चलचित्रले नेपाली बजारमा २६ करोड रुपैयाँभन्दा बढी व्यापार गरेको निर्माण पक्षको दाबी छ।
‘गौँथली’ले अन्तर्राष्ट्रिय अवार्ड जितेसँगै नेपाली चलचित्रको कथा र सिर्जनालाई विदेशी दर्शकमाझ पुर्याउने प्रयासमा थप उत्साह मिलेको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!