सडक दुर्घटनामा १० जनाको मृत्यु, ११४ जना घाइते

सडक दुर्घटनामा १० जनाको मृत्यु, ११४ जना घाइते

काठमाडौ ।नेपालमा पछिल्लो २४ घण्टामा भएका विभिन्न सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ भने ११४ जना घाइते भएका छन्। दुर्घटनाको यो तथ्याङ्कले सडक सुरक्षामाथि फेरि गम्भीर प्रश्न उठाएको छ।

नेपाल प्रहरीका अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी चार जनाको मृत्यु भएको छ। लुम्बिनी प्रदेशमा तीन तथा बागमती, गण्डकी र कर्णाली प्रदेशमा एक–एक जनाले ज्यान गुमाएका छन्।

घाइतेमध्ये लुम्बिनीमा २८, कोशीमा २६, मधेशमा २३ र काठमाडौं उपत्यकामा १५ जना रहेका छन्। अन्य प्रदेशमा पनि दर्जनौँ व्यक्ति घाइते भएका छन्।

सडक अनुशासनको अभाव, तीव्र गति र लापरबाहीले निम्त्याउने दुर्घटना न्यूनीकरण गर्न ट्राफिक नियमको पालना र सावधानी आवश्यक देखिएको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP