चर्चामा
काठमाडौ ।सर्वोच्च अदालतका न्यायाधीश र विवादित व्यक्ति इनम सापकोटाबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि उत्पन्न विवादबारे आज शुक्रबार फुलकोर्ट बैठक बस्दैछ। बैठकका लागि सर्वोच्च अदालतका सबै न्यायाधीशलाई खबर गरिएको छ।
सापकोटासँग सर्वोच्च अदालतका चार जना न्यायाधीशको सम्पर्क भएको विवरण सार्वजनिक भएपछि अदालतभित्रै यस विषयले तरंग पैदा गरेको हो। विशेषगरी न्यायाधीश हरि फुयाँलसँग मुद्दाकै विषयमा कुराकानी भएको भनिएको संवाद सार्वजनिक भएपछि विवाद थप चर्किएको छ।
यस प्रकरणमा प्रधानन्यायाधीश मनोज शर्माको नामसमेत जोडिएपछि सर्वोच्च अदालतभित्र थप अन्योल र असहजता देखिएको बताइएको छ। तर प्रधानन्यायाधीश शर्माले विज्ञप्ति जारी गर्दै सापकोटासँग आफ्नो कुनै संवाद नभएको स्पष्ट पारेका छन्।
न्यायाधीश फुयाँलले भने सापकोटासँग संवाद भएको स्वीकार गरे पनि मुद्दाको विषयमा छलफल नभएको र त्यसअनुसार कुनै आदेशसमेत नभएको दाबी गरेका छन्। उनले सञ्चारकर्मीहरूसँगको कुराकानीमा सापकोटासँग भएको भेटघाट र संवादबारे आफ्नो धारणा सार्वजनिक गर्दै बचाउ गरेका थिए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले महाभियोग लगाउने चर्चा चलेपछि सापकोटा आफ्नो सम्पर्कमा आएको फुयाँलको भनाइ छ। सापकोटाले विभिन्न शक्ति केन्द्र तथा विदेशी शक्ति केन्द्रको नामसमेत लिएको उनको दाबी छ।
न्यायालयका न्यायाधीशसँग विवादित व्यक्तिको सम्पर्क र संवाद सार्वजनिक भएपछि न्यायिक निष्पक्षता तथा अदालतको गरिमामाथि प्रश्न उठेको छ। आज बस्ने फुलकोर्ट बैठकमा यसै प्रकरणमा छलफल हुने अपेक्षा गरिएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!