भुटानमा हिमताल फुट्दा भीषण बाढी, भारतका तटीय क्षेत्रमा 'रेड अलर्ट' जारी

भुटानमा हिमताल फुट्दा भीषण बाढी, भारतका तटीय क्षेत्रमा 'रेड अलर्ट' जारी

भुटानको गसा जिल्लास्थित लेम्थाङमा हिमताल फुट्दा मो छु नदी हुँदै सङ्कोश नदीमा भीषण बाढी आएको छ।

बाढीका कारण भुटानको गसा जिल्लामा सडक तथा पूर्वाधारमा क्षति पुगेको छ। दुईवटा बेली ब्रिजसमेत बगाएको आशंका गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै भारतको पश्चिम बंगाल प्रशासनले सङ्कोश नदी आसपासका क्षेत्रमा रेड अलर्ट जारी गरेको छ। साथै १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।

हालसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन। प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP