पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसी क्षेत्रमा सबैभन्दा बढी वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसी क्षेत्रमा सबैभन्दा बढी वर्षा

काठमाडौं । पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसी क्षेत्रमा सबैभन्दा बढी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ६ः४२ बजेसम्म रोसी मौसम मापन केन्द्रमा ३३ मिलिमिटर वर्षा रेकर्ड गरिएको हो।

विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती र मधेस प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भएको छ। त्यस्तै, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा मापन गरिएको छ।

वर्षाका कारण जनजीवन तथा दैनिक गतिविधिमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छठ मनाउन कांग्रेस सभापति गगन थापा सर्लाहीमा
10 घण्टा अगाडि

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन आइतबार सर्लाही पुगेका छन्। उनी सिमरा विमानस्थल ...

छुटाउनुभयो कि ?

TOP