चर्चामा
कर्णाली । प्राकृतिक जडीबुटीको भण्डार मानिने कर्णाली प्रदेशले जडीबुटी निकासीबाट गत आर्थिक वर्षमा ४ करोड १७ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार ५८ प्रजातिका जडीबुटी बिक्रीबाट उक्त रकम संकलन भएको हो।
जडीबुटीबाट सबैभन्दा बढी राजस्व झ्याउबाट प्राप्त भएको छ। १ लाख ८१ हजार ६०९ केजी झ्याउ निकासी गर्दा ९५ लाख ८५ हजार रुपैयाँभन्दा बढी राजस्व उठेको छ। त्यस्तै, जटामसीबाट ८७ लाख ८८ हजार रुपैयाँ र यार्सागुम्बाबाट ७५ लाख ४४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
यसैगरी कटुसी, सेतक चिनी, टिमुर, सिलाजित, सुगन्धवाल र रिठ्ठालगायतका जडीबुटीबाट समेत उल्लेख्य राजस्व प्राप्त भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार उक्त आर्थिक वर्षमा संकलित २१ लाख ५८ हजार केजीभन्दा बढी जडीबुटीमध्ये करिब १९ लाख ४७ हजार केजी निकासी गरिएको थियो।
प्राकृतिक स्रोतले धनी कर्णालीमा जडीबुटीको व्यावसायिक उपयोग र निकासीले प्रदेशको आम्दानी बढाउन महत्वपूर्ण योगदान दिँदै आएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!