सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँले घट्यो

सुनको भाउ तोलामा ३ हजार २ सय रुपैयाँले घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार २ सय रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन सुन प्रतितोला २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १०५ रुपैयाँले घटेको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँ रहेको चाँदी आज ३ हजार ८२५ रुपैयाँमा झरेको महासंघले जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP