चर्चामा
स्याङ्जा । पढाइसँगै व्यवहारिक सीप र आम्दानीसमेत गर्ने उद्देश्यले स्याङ्जाको आँधीखोला गाउँपालिका-५ रंगेठाँटीस्थित प्रद्युम्न पनेरू माध्यमिक विद्यालयका विद्यार्थी कृषि उत्पादनमा जुटेका छन्।
विद्यालयमा सञ्चालित 'कमाउँदै पढ्दै' कार्यक्रमअन्तर्गत विद्यार्थीले काउली, बन्दा र ब्रोकाउलीका हाइब्रिड बेर्ना उत्पादन गरी बिक्री गर्न थालेका हुन्। रोप्नका लागि तयार भएका बेर्ना खरिद गर्न इच्छुक किसान तथा सर्वसाधारणलाई विद्यालयले सम्पर्क गर्न आग्रह गरेको छ।
विद्यालयको प्रि-डिप्लोमा तहमा जेटीए बाली विज्ञान अध्ययनरत विद्यार्थीले बीउ रोप्नेदेखि बेर्ना हुर्काउने र बिक्री गर्ने काम आफैँ गर्दै आएका छन्। बेर्ना बिक्रीबाट प्राप्त आम्दानी विद्यार्थीको शैक्षिक भ्रमणलगायत गतिविधिमा खर्च गरिने विद्यालयले जनाएको छ।
विद्यालयमा २०७५ सालदेखि बाली विज्ञान विषयको पढाइ हुँदै आएको छ। विद्यार्थीलाई किताबी ज्ञानमा मात्र सीमित नराखी तरकारी खेती, नर्सरी निर्माण, च्याउ उत्पादन तथा गड्यौला मल बनाउने अभ्याससमेत गराइँदै आएको छ।
विद्यालयले आगामी दिनमा अन्य कक्षाका विद्यार्थीलाई पनि टनेलमा छुट्टाछुट्टै प्लट उपलब्ध गराएर उत्पादन र बजारीकरणमा सहभागी गराउने योजना बनाएको छ। यस कार्यक्रमले विद्यार्थीलाई कृषि सीप सिकाउनुका साथै श्रमको सम्मान, उत्पादन र आत्मनिर्भरताको महत्व बुझाउन सहयोग पुग्ने विद्यालयको विश्वास छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!