विश्वका अर्बपतिहरूको नयाँ तयारी : विपत्तिबाट बच्न भूमिगत विलासी बंकर

विश्वका अर्बपतिहरूको नयाँ तयारी : विपत्तिबाट बच्न भूमिगत विलासी बंकर

न्युयोर्क । सम्भावित प्राकृतिक विपत्ति, युद्ध र विश्वव्यापी संकटबाट सुरक्षित रहन विश्वका अर्बपति तथा चर्चित व्यक्तिहरूले सुविधासम्पन्न भूमिगत बंकर निर्माण गर्न थालेका छन्।

सामान्य आश्रयस्थलभन्दा फरक यस्ता बंकरमा स्विमिङ पुल, जिम, साउना, आधुनिक स्वास्थ्य सेवा र मनोरञ्जनका सुविधासमेत राख्ने गरिएको छ। लन्डनस्थित एक वास्तुकला कम्पनीका अनुसार पछिल्ला वर्षमा बंकर निर्माणसम्बन्धी सोधपुछ १२ गुणाले बढेको छ।

फेसबुकका संस्थापक मार्क जुकरबर्गले हवाईस्थित आफ्नो निजी सम्पत्तिमा करिब ५ हजार वर्गफिटको भूमिगत बंकर निर्माण गरिरहेको बताइएको छ। त्यस्तै, बिल गेट्स, टम क्रुज र शाकिल ओ’निलजस्ता चर्चित व्यक्तिहरूले पनि सुरक्षित आश्रयस्थल निर्माणको सम्भावना खोजेको चर्चा छ।

अमेरिकाको भर्जिनियामा निर्माण भइरहेको 'एरी' नामक विलासी बंकरमा ६२५ जना अर्बपतिका लागि आवासको व्यवस्था गर्ने योजना रहेको छ। यसको सदस्य बन्न करिब १ करोड ५० लाख पाउन्ड शुल्क लाग्ने बताइएको छ।

विपत्तिको जोखिमबाट बच्न खानेकुरा र औषधि भण्डारण गर्ने परम्परागत तयारीभन्दा फरक अर्बपतिहरूको यस्तो तयारीले सुरक्षित जीवनका लागि विलासी सुविधासमेत प्राथमिकतामा पर्न थालेको देखाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP