साउदीका विमानस्थल र तेल केन्द्रमा ६ आक्रमण गरेको हुथीको दाबी

साउदीका विमानस्थल र तेल केन्द्रमा ६ आक्रमण गरेको हुथीको दाबी

काठमाडौं । यमनको हुथी विद्रोही समूहले साउदी अरबका विभिन्न विमानस्थल तथा तेल केन्द्रलाई लक्षित गरी ६ वटा आक्रमण गरेको दाबी गरेको छ।

हुथी सैन्य प्रवक्ता याह्या सारीका अनुसार रास तनुरा र राबिगका तेल प्रशोधन केन्द्र, अरामकोको अब्काइकस्थित केन्द्र तथा रियाद र दमामका अन्तर्राष्ट्रिय विमानस्थललाई निशाना बनाइएको थियो।

समूहले नज्रानस्थित साउदी सैन्य मुख्यालयमा पनि आक्रमण गरेको दाबी गरेको छ। यद्यपि, यी दाबी स्वतन्त्र रूपमा पुष्टि भएका छैनन्।

यसैबीच, साउदी नेतृत्वको गठबन्धनले रियादतर्फ प्रहार गरिएका दुई ब्यालिस्टिक क्षेप्यास्त्र हवाई प्रतिरक्षा प्रणालीमार्फत नष्ट गरेको जनाएको छ। क्षेप्यास्त्रका अवशेष खस्दा एक जना घाइते हुनुका साथै घर र सवारीसाधनमा क्षति पुगेको साउदी अधिकारीहरूले बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP