वर्षाले ताप्लेजुङका किसानलाई चिन्ता, पाकेको धान र कोदो थन्क्याउन समस्या

वर्षाले ताप्लेजुङका किसानलाई चिन्ता, पाकेको धान र कोदो थन्क्याउन समस्या

ताप्लेजुङ । बाली भित्र्याउने समयमा वर्षा भएपछि ताप्लेजुङका किसान समस्यामा परेका छन्। जिल्लाका अधिकांश स्थानमा धान र कोदो पाकेर तयार भए पनि दुई दिनदेखिको वर्षाले बाली थन्क्याउन कठिन भएको हो।

सिरिजङ्घा गाउँपालिका-७ का किसान श्याम राईले वर्षासँगै हावाहुरी र असिना परे पाकेको धान ढल्ने तथा झर्ने जोखिम रहेको बताए।

यता, वर्षाका कारण अलैँची टिप्ने र सुकाउने कामसमेत प्रभावित भएको छ। यद्यपि, अलैँची टिपिसकेका किसानलाई भने वर्षाले सिँचाइमा केही राहत पुगेको छ।

बङ्गालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको प्रभावले जिल्लाको मौसम प्रतिकूल बनेको हो। वर्षासँगै माथिल्लो क्षेत्रमा हिमपात हुँदा ताप्लेजुङमा चिसोसमेत बढेको स्थानीयले बताएका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP