चर्चामा
चितवन । चाडपर्व र जाडोयाम सुरु भएसँगै बजारमा माग बढेपछि अण्डाको समर्थन मूल्य वृद्धि भएको छ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले बिहीबार पोखरामा बसेको बैठकबाट नयाँ मूल्य निर्धारण गरेको हो। नयाँ मूल्यअनुसार एक्सएल, ठूलो र मिडियम अण्डाको प्रतिपेटी मूल्य २०० रुपैयाँले बढाइएको छ भने सानो अण्डाको मूल्य १०० रुपैयाँ वृद्धि गरिएको छ।
अब एक्सएल अण्डाको प्रतिपेटी मूल्य ३ हजार ९००, ठूलोको ३ हजार ८०० र मिडियमको ३ हजार ७०० रुपैयाँ कायम भएको छ। यसअघि यी अण्डाको मूल्य क्रमशः ३ हजार ७००, ३ हजार ६०० र ३ हजार ५०० रुपैयाँ थियो।
त्यस्तै, सानो अण्डाको प्रतिपेटी मूल्य ३ हजार १०० बाट बढाएर ३ हजार २०० रुपैयाँ पुर्याइएको सङ्घले जनाएको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!