वर्षाका बाबजुद मुग्लिन-नारायणगढ सडकमा यातायात सुचारु, जोखिम कायमै

वर्षाका बाबजुद मुग्लिन-नारायणगढ सडकमा यातायात सुचारु, जोखिम कायमै

काठमाडौँ । 'अर्नब' चक्रवातको प्रभावले लगातार वर्षा भइरहे पनि मुग्लिन-नारायणगढ सडकखण्डमा सवारी आवागमन सामान्य रहेको छ।

सडक डिभिजन कार्यालय भरतपुरले आज बिहान ११ः२५ बजे सार्वजनिक गरेको पछिल्लो जानकारीअनुसार सडकमा यातायात सुचारु छ। तर, निरन्तरको वर्षाका कारण पहिरो खस्ने जोखिम भने उच्च रहेको कार्यालयले जनाएको छ।

सम्भावित दुर्घटना र प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै कार्यालयले अत्यावश्यक कामबाहेक यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

यात्रा गर्नैपर्ने अवस्था भए सम्बन्धित सुरक्षा निकायसँग सम्पर्क गरी सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा सुरु गर्न यात्रु तथा चालकलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP