चर्चामा
काठमाडौँ । कालीमाटी थोक बजारमा केही तरकारीको मूल्य बढेको छ भने खुर्सानीसहित केही तरकारी सस्तिएका छन्।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्यसूचीअनुसार मटरकोसा प्रतिकिलो १ सय १७ रुपैयाँबाट बढेर १ सय ३५ रुपैयाँ पुगेको छ। घिउसिमी १ सय १० बाट १ सय २७ र हरियो भटमास ९५ बाट बढेर १ सय १० रुपैयाँ कायम भएको छ।
त्यस्तै, भिन्डी ६३ बाट बढेर ७५, घिरौँला २५ बाट ३५ र सुकेको चाइनिज लसुन २ सय ३० बाट २ सय ४० रुपैयाँ पुगेको छ।
यता अकबरे खुर्सानीको मूल्य भने एकैदिन प्रतिकिलो ५० रुपैयाँ घटेर १ सय २५ रुपैयाँमा झरेको छ। बुलेट खुर्सानी १ सय १० बाट ९६, तितेकरेला ८५ बाट ७५ र टाटेसिमी ६५ बाट घटेर ५५ रुपैयाँ कायम भएको छ।
यसैबीच, ठूलो गोलभेँडा प्रतिकिलो ६५, रातो आलु ५७ र भारतीय सुकेको प्याज ८७ रुपैयाँमा कारोबार भइरहेको छ। यी वस्तुको मूल्यमा कुनै परिवर्तन भएको छैन।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!