फ्रान्सको फिल्म फेस्टिभलमा 'गौँथली'लाई उत्कृष्ट विदेशी चलचित्रको अवार्ड

फ्रान्सको फिल्म फेस्टिभलमा 'गौँथली'लाई उत्कृष्ट विदेशी चलचित्रको अवार्ड

काठमाडौँ । नेपाली कथानक चलचित्र 'गौँथली'ले फ्रान्समा आयोजित 'वर्ल्ड फिल्म फेस्टिभल इन क्यान्स'मा उत्कृष्ट विदेशी चलचित्र (वेस्ट फरेन सिनेमा) को अवार्ड जितेको छ।

मासिक तथा वार्षिक रूपमा आयोजना हुने उक्त फिल्म फेस्टिभलमा ‘गौँथली’ले यो अवार्ड हात पारेको हो। चलचित्रका निर्देशक तथा निर्माताले यस उपलब्धिलाई नेपाली चलचित्रको अन्तर्राष्ट्रिय यात्राका रूपमा लिएका छन्।

निर्देशक डा. कपिल रिजालले यो सफलता सम्पूर्ण चलचित्र टोलीको मेहनत र योगदानको परिणाम भएको बताएका छन्। उनका अनुसार ‘गौँथली’ केवल चलचित्र नभई भावना, सपना र नेपाली सिनेमाप्रतिको प्रेमसँग जोडिएको यात्रा हो।

अरुण क्षेत्री र सिम्रन खड्काको मुख्य भूमिका रहेको चलचित्रले प्रदर्शनको १०० दिन पूरा गरिसकेको छ। स्रोतका अनुसार चलचित्रले २६ करोड रुपैयाँभन्दा बढी व्यापार गर्दै नेपाली चलचित्रमध्ये सर्वाधिक कमाइ गर्ने दोस्रो चलचित्रको स्थान बनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP