चर्चामा
काठमाडौँ । बलिउड अभिनेत्री अनन्या पाण्डे अभिनयसँगै आफ्नो व्यक्तिगत जीवन र मित्रताका कारण पनि चर्चामा रहन्छिन्। अभिनेता चंकी पाण्डेकी छोरी अनन्या अहिले बलिउडको नयाँ पुस्ताकी चर्चित अभिनेत्रीमध्ये एक हुन्।
अनन्याले एक अन्तर्वार्तामा स्कुल पढ्दाको समय आफू अभिनेत्री सारा अली खानसँग डराउने गरेको खुलासा गरेकी थिइन्। उनीहरू एउटै स्कुलमा पढ्थे, तर त्यतिबेला खासै बोलचाल थिएन। साराको स्पष्ट र निडर स्वभावका कारण आफू उनीसँग जम्काभेट हुनबाट समेत बच्ने गरेको अनन्याले बताएकी थिइन्।
तर अहिले उनीहरू निकै मिल्ने साथी बनेका छन्। सँगै जिम जाने र खाना खान जाने गरेको अनन्याको भनाइ छ। शनाया कपुर र सुहाना खान पनि उनका बाल्यकालदेखिका साथी हुन्।
सन् २०२४ मा फिल्म 'सीटीआरएल'को प्रचारका क्रममा भएको लाइभ अन्तर्वार्तामा अनन्याले गल्तीवश सुहाना खानको फोन नम्बर सार्वजनिक गरेपछि उनी चर्चामा आएकी थिइन्।
अनन्याले सात वर्षको अभिनय यात्रामा ११ फिल्ममा काम गरेको विवरण सार्वजनिक भएको छ। उनका ‘पति पत्नी और वो’ र ‘ड्रिम गर्ल’ व्यावसायिक रूपमा सफल भएका फिल्म हुन्। अभिनयबाहेक उनको प्रेमसम्बन्धबारे पनि विभिन्न समयमा चर्चा हुने गरेको छ। कार्तिक आर्यन र ईशान खट्टरसँग उनको नाम जोडिए पनि उनले ती सम्बन्धबारे सार्वजनिक रूपमा पुष्टि गरेकी छैनन्।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!