चर्चामा
काठमाडौं । नेपाल र भारतले सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन सीसीटीभी, ड्रोन र आधुनिक स्क्यानरको प्रयोग बढाउने भएका छन्। काठमाडौंमा सम्पन्न नेपाल–भारत १०औँ समन्वय बैठकमा सीमा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग विस्तार गर्ने विषयमा सहमति भएको हो।
सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक नारायणदत्त पौडेल र भारतको सशस्त्र सीमा बलका महानिर्देशक सञ्जय सिंघलको नेतृत्वमा सम्पन्न बैठकले दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी जडान गर्ने, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर राख्ने र ड्रोनको प्रयोग बढाउने विषयमा छलफल गरेको छ।
बैठकमा खुला सीमाको दुरुपयोग गरी हुने तस्करी, मानव बेचबिखन, लागुऔषध कारोबार, नक्कली नोटको ओसारपसार तथा सीमापार अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान र संयुक्त गस्तीलाई प्रभावकारी बनाउने सहमति भएको छ।
त्यस्तै, दशगजा क्षेत्रमा हुने अतिक्रमण, अनधिकृत खेतीपाती र अवैध संरचना हटाउने तथा सीमा स्तम्भको मर्मत र पुनर्निर्माणमा समन्वय बढाउने निर्णय भएको छ।
दुवै देशले प्राकृतिक विपद् व्यवस्थापनका लागि चितवनको कुरिनटारमा संयुक्त जल उद्धार अभ्यास सञ्चालन गर्ने विषयमा समेत छलफल गरेका छन्। सीमा नाकामा सहायता कक्ष विस्तार गरी वैधानिक यात्रुलाई सहज सेवा उपलब्ध गराउने सहमति पनि भएको छ।
सन् २०१२ देखि पालैपालो नेपाल र भारतमा आयोजना हुँदै आएको द्विपक्षीय समन्वय बैठकको ११औँ संस्करण आगामी वर्ष भारतमा आयोजना गरिनेछ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!