चर्चामा
काठमाडौं, १३ कात्तिक । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले आकस्मिक रूपमा बोलाएको प्रहरी नीति समन्वय समिति (पीसीसी) बैठकमा पछिल्लो घटनाक्रमबारे करिब चार घण्टा छलफल भएको छ।
बैठकमा मुख्यतः ईनम सापकोटासँग सम्बन्धित अनुसन्धानको सूचना चुहावट र आईजीपी कार्कीविरुद्ध भइरहेको प्रचारबारे छलफल भएको सहभागी एक उच्च प्रहरी अधिकारीले बताएका छन्।
ईनम सापकोटा प्रकरणको अनुसन्धानसँग सम्बन्धित संवेदनशील विवरण बाहिरिएको विषयमा बैठकमा चासो व्यक्त गरिएको थियो। सूचना कसरी सार्वजनिक भइरहेका छन् र त्यसले अनुसन्धानमा पार्न सक्ने असरबारे अधिकारीहरूले छलफल गरेका थिए।
सरकारले आईजीपी कार्कीलाई पदबाट हटाउने तयारी गरेको भन्ने समाचारलाई बैठकमा सहभागी उच्च अधिकारीहरूले ‘अनर्गल प्रचार’ भनेका छन्। संगठन प्रमुखविरुद्ध भइरहेको प्रचारलाई सामूहिक रूपमा चिर्ने निष्कर्ष बैठकले निकालेको सहभागी अधिकारीले बताए।
बैठकमा प्रहरी संगठनको एकता, अनुशासन र व्यावसायिकता कायम राख्नुपर्नेमा पनि जोड दिइएको थियो। अनुसन्धानका विषयलाई कानुनी प्रक्रियाबाट टुंग्याउनुपर्ने र अपुष्ट विवरणका आधारमा निष्कर्ष निकाल्न नहुने धारणा अधिकारीहरूले राखेका थिए।
बैठकका निर्णयबारे प्रहरी प्रधान कार्यालयले विस्तृत आधिकारिक विवरण भने सार्वजनिक गरेको छैन।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!