चर्चामा
काठमाडौं ।चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग गर्दै डा. गोविन्द केसीले २५औँ सत्याग्रह सुरु गरेका छन्। यसपटक उनले इलामबाट अनशन सुरु गरेका हुन्।
सरकारले विगतमा आफूसँग गरेका सहमति तथा सम्झौता कार्यान्वयन नगरेको भन्दै केसी पुनः आन्दोलनमा उत्रिएका हुन्। चिकित्सा शिक्षा र स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुँचमा पुर्याउनुपर्ने तथा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्ने उनको माग छ।
डा. केसीले यसअघि पनि चिकित्सा शिक्षा सुधार, सरकारी स्वास्थ्य संस्थाको सेवा विस्तार र दुर्गम क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्ने माग राख्दै पटक–पटक अनशन बस्दै आएका छन्।
उनको २५औँ सत्याग्रहसँगै सरकारले विगतका सहमति कार्यान्वयन गर्नुपर्ने दबाब फेरि बढेको छ। सरकारले उनका मागप्रति कस्तो प्रतिक्रिया जनाउँछ भन्ने चासो बढेको छ।
काठमाडौं । रुसमा सम्पन्न पाँचौँ ओपन वर्ल्ड एस्ट्रोनोमी ओलम्पियाडमा नेपाली विद्यार्थीले एक रजत र तीन ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!