बाइनान्समा इतिहासकै ठूलो साइबर हमला, ६.३ अर्ब डलरका डिजिटल सम्पत्ति प्रभावित

बाइनान्समा इतिहासकै ठूलो साइबर हमला, ६.३ अर्ब डलरका डिजिटल सम्पत्ति प्रभावित

काठमाडौ ।विश्वकै सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्समा इतिहासकै ठूलो मानिएको साइबर हमला भएको छ। बिहीबार सार्वजनिक विवरणअनुसार ह्याकरहरूले ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरका डिजिटल सम्पत्तिमा पहुँच बनाएका छन्।

बाइनान्सले प्रभावित सम्पत्तिमध्ये करिब आधा रोक्का गरिएको जनाएको छ। बाँकी सम्पत्ति भने अझै ह्याकरकै नियन्त्रणमा रहेको बताइएको छ। घटनाबाट भएको सम्पूर्ण क्षति कम्पनीले नै बेहोर्ने बाइनान्सले स्पष्ट पारेको छ।

प्रारम्भिक अनुसन्धानमा एक इन्जिनियरको ल्यापटप ह्याक गरी अनधिकृत रूपमा रकम निकालिएको आशंका गरिएको थियो। तर थप अनुसन्धान गर्दा सुरक्षामा अन्य कमजोरीसमेत फेला परेको कम्पनीले जनाएको छ।

दुईवटा साइबर सुरक्षा विश्लेषण संस्थाले यस हमलामा उत्तर कोरियासँग सम्बन्धित ह्याकर समूह ‘ट्रेडर ट्रेटर’ संलग्न रहेको आशंका गरेका छन्। उक्त समूहलाई ‘लाजरस ग्रुप’ नामले समेत चिनिन्छ।

यसअघि सन् २०२५ मा बाइबिट क्रिप्टो एक्सचेन्जबाट १ अर्ब ५० करोड डलर बराबरको डिजिटल सम्पत्ति चोरी भएको थियो। बाइनान्समाथिको पछिल्लो हमला पुष्टि भएमा यसले क्रिप्टोकरेन्सी इतिहासकै सबैभन्दा ठूलो ह्याकको रेकर्ड तोड्नेछ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP