स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६९ जनाको मृत्यु, ५० घाइते अस्पतालमा

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६९ जनाको मृत्यु, ५० घाइते अस्पतालमा

काठमाडौ ।युरोपेली मुलुक स्पेनमा दुई तीव्र गतिको रेल आपसमा ठोक्किँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ भने ५० जना अस्पतालमा उपचाररत छन्।

राजधानी म्याड्रिडबाट दक्षिणी सहर सेभिलतर्फ जाने रेलमार्गमा बुधबार भएको दुर्घटनामा सरकारी कम्पनी रेन्फेको रेलले निजी कम्पनी इरियोको रोकिराखेको रेललाई पछाडिबाट ठक्कर दिएको थियो।

दुर्घटनामा रेलका डिब्बाहरू क्षतिग्रस्त हुनुका साथै केही डिब्बा रेलमार्गबाट तल खसेका थिए। उद्धारकर्मीहरूले भग्नावशेषमा फसेका यात्रुको खोजी गरेका थिए।

प्रारम्भिक अनुसन्धानअनुसार रेलमार्गको सुरक्षा तथा सञ्चार प्रणालीमा समस्या आएपछि रेलहरू रोकिएका थिए। तर नियन्त्रण कक्षबाट एउटा रेललाई पुनः सामान्य गतिमा अघि बढ्न अनुमति दिइएको थियो। त्यसपछि रोकिराखेको रेलसँग ठोक्किएको आशंका गरिएको छ।

घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ। दुर्घटनापछि स्पेन सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP