भुटानको हिमताल फुटेर बाढी : तातोपानी क्षेत्र बगायो, भारतमा १० हजारभन्दा बढी विस्थापित

भुटानको हिमताल फुटेर बाढी : तातोपानी क्षेत्र बगायो, भारतमा १० हजारभन्दा बढी विस्थापित

काठमाडौं । भुटानको गासा जिल्लास्थित सिन्ताफु  हिमतालबाट पानी बाहिरिएपछि आएको भीषण बाढीले पर्यटकीय क्षेत्र गासा छाचुको तातोपानी परिसर र सडक पूर्वाधारमा ठूलो क्षति पुर्‍याएको छ। शुक्रबार दिउँसोसम्म प्राप्त विवरणअनुसार भुटानमा मानवीय क्षतिको खबर आएको छैन।

बाढीले गासा छाचुस्थित तातोपानी परिसरका संरचना बगाएको छ भने पुनाखा–गासा राजमार्गको केही भागसमेत क्षतिग्रस्त भएको छ। लाया गाउँ जाने सडक अवरुद्ध भएपछि उक्त क्षेत्रमा यातायात बन्द गरिएको छ। दुईवटा बेलीब्रिजसमेत बाढीले बगाएको हुन सक्ने प्रारम्भिक विवरण सार्वजनिक भएको छ। क्षतिको पूर्ण विवरण संकलन भइरहेको छ।

भारतका सीमावर्ती क्षेत्रमा उच्च सतर्कता

भुटानबाट बगेको पानी मो छु हुँदै भारततर्फको सान्कोश नदीमा पुग्ने भएकाले पश्चिम बंगाल र आसामका नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको छ। पश्चिम बंगालको अलिपुरद्वार जिल्लामा १० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको र केहीलाई विद्यालय तथा अस्थायी राहत केन्द्रमा राखिएको समाचारमा उल्लेख छ।

भारतको केन्द्रीय जल आयोगले पश्चिम बंगालको अलिपुरद्वार र आसामको धुब्री क्षेत्रमा नदीको जलस्तर अचानक बढ्न सक्ने चेतावनी दिएको छ। दुवै राज्यका प्रशासन तथा उद्धार टोलीलाई तयारी अवस्थामा राखिएको छ।

बाढीको प्रभाव अझै निगरानीमा

आसाम सरकारले धुब्रीसहित जोखिमयुक्त क्षेत्रमा अवस्थाको निगरानी गरिरहेको जनाएको छ। नदीको जलस्तर र बाढीको बहावबारे सम्बन्धित निकायले निरन्तर सूचना संकलन गरिरहेका छन्। भुटानमा पनि प्रभावित क्षेत्रको क्षति मूल्यांकन तथा हिमतालको अवस्था निगरानी भइरहेको छ।

 

 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP