एन–प्याब्सन निलम्बनमा, गृह मन्त्रालयद्वारा गतिविधिमा रोक

एन–प्याब्सन निलम्बनमा, गृह मन्त्रालयद्वारा गतिविधिमा रोक

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) गृह मन्त्रालयको निर्णयबाट निलम्बनमा परेको छ। मन्त्रालयले अर्को निर्णय नभएसम्मका लागि संस्थालाई निलम्बन गरेको हो।

सरकारी निर्देशन पटक–पटक उल्लङ्घन गरेको तथा सरकारबाट स्वीकृत विधान र संस्थाको मूल उद्देश्यविपरीत गतिविधि गरेको पाइएपछि निलम्बनको निर्णय गरिएको मन्त्रालयले जनाएको छ।

राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम जारी निर्देशन पालना नगरेको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो। यसअघि गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी निर्देशन पालना गर्न आग्रह गरिएको भए पनि त्यसको कार्यान्वयन नभएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयले अब एन–प्याब्सनको नाममा कुनै पनि समूह वा गुटले गतिविधि गर्न नपाउने स्पष्ट पारेको छ। निर्णयविपरीत गतिविधि सञ्चालन गरेमा संलग्नलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP