१५ वर्षदेखि अलपत्र कमला पुल सञ्चालनमा ल्याउने तयारी, निर्माण कार्य अघि बढाइँदै

१५ वर्षदेखि अलपत्र कमला पुल सञ्चालनमा ल्याउने तयारी, निर्माण कार्य अघि बढाइँदै

काठमाडौं । करिब १५ वर्षदेखि अलपत्र अवस्थामा रहेको कमला पुल खुलाउने तथा सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाइएको छ।

मन्त्री सुनील लम्सालले सामाजिक सञ्जालमार्फत पुल खुलाउने काम भइरहेको जानकारी दिएका हुन ।

लामो समयदेखि निर्माण सम्पन्न हुन नसक्दा स्थानीयवासीले आवतजावतमा सास्ती खेप्दै आएका थिए। पुल सञ्चालनमा आएपछि आवागमन सहज हुनुका साथै स्थानीय क्षेत्रको यातायात र आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

यद्यपि, पुल कहिलेदेखि पूर्ण रूपमा सञ्चालनमा आउने भन्ने विषयमा थप विवरण सार्वजनिक हुन बाँकी छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP