चर्चामा
काठमाडौं । बिचौलिया इनम सापकोटा र सर्वोच्च अदालतका न्यायाधीशहरूबीचको सम्पर्क तथा प्रधानन्यायाधीशको नाम जोडिएको भनिएको आर्थिक कारोबारबारे शुक्रबार बसेको सर्वोच्च अदालतको फूलकोर्ट बैठकमा छलफल भएको छ।
प्रधानन्यायाधीश मनोजकुमार शर्माको अध्यक्षतामा बसेको बैठकमा मुख्यतः चार विषय उठेका थिए।
इनम सापकोटासँग न्यायाधीशहरूको सम्पर्क र संवाद।
प्रधानन्यायाधीशको नाम जोडिएको भनिएको आर्थिक कारोबार।
संवैधानिक इजलास गठनसम्बन्धी विवाद।
घटनाबारे छानबिन समिति गठन गर्ने विषय।
बैठकमा सहभागी केही न्यायाधीशले सर्वोच्च अदालतकै न्यायाधीशको नेतृत्वमा छानबिन समिति गठन गर्नुपर्ने प्रस्ताव राखेका थिए। न्यायाधीश हरि फुयालले सापकोटासँग भएको संवाद र भेटबारे आफ्नो पक्ष राखेका थिए। प्रधानन्यायाधीश शर्माले भने आफूमाथि लगाइएका आरोप अस्वीकार गर्दै आएका छन्।
बैठकमा सबै न्यायाधीश उपस्थित नभएकाले विस्तृत छलफलका लागि सोमबार पुनः फूलकोर्ट बैठक बस्ने सहमति भएको छ। शुक्रबारको बैठकबाट छानबिन समिति गठन गर्ने अन्तिम निर्णय भने भएको छैन।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!