चर्चामा
काठमाडौं । समाचार लेखेको विषयलाई लिएर प्रहरीले सञ्चारगृहको समाचार कक्षमै प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएपछि प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न उठेको छ।
नेपाल प्रेसमा कार्यरत पत्रकार विश्वमणि सुवेदीलाई प्रहरीले शुक्रबार नयाँ बानेश्वरस्थित कार्यालयको समाचार कक्षबाटै नियन्त्रणमा लिएको थियो। त्यस्तै, मोटिभेट न्युजका सम्पादक शोभराज बराललाई पनि प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रहरीले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई सरकारले राजीनामा दिन दबाब दिएको भन्ने विषयमा प्रकाशित समाचारको स्रोत खोज्न पत्रकारहरूलाई नियन्त्रणमा लिएको बताइएको छ।
नेपाल प्रेसका पत्रकार सुवेदीलाई पक्राउ गर्दा पक्राउ पुर्जी नदेखाइएको सञ्चारगृहको दाबी छ। प्रहरीले भने साइबर ब्युरोको आग्रहमा सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको थियो।
यसैबीच, नियन्त्रणमा लिइएका पत्रकारहरूलाई सोधपुछपछि प्रहरीले रिहा गरेको छ। नयाँ पत्रिका र दियोपोस्टका कार्यालयमा समेत प्रहरी पुगेपछि सञ्चार क्षेत्र थप सशंकित बनेको छ।
नेपाल पत्रकार महासंघ, प्रेस काउन्सिल नेपाललगायत विभिन्न सञ्चारसम्बद्ध संस्थाले घटनाप्रति आपत्ति जनाउँदै पत्रकारको व्यावसायिक सुरक्षा र प्रेस स्वतन्त्रताको सम्मान गर्न माग गरेका छन्।
समाचारको स्रोत खोज्ने नाममा पत्रकारलाई नियन्त्रणमा लिन मिल्ने कि नमिल्ने भन्ने बहससँगै पछिल्लो घटनाले राज्यको प्रेस स्वतन्त्रताप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाएको छ।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!