चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

चक्रवात ‘अर्नब’को प्रभावले देशभर वर्षा, तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को अवशेष र पश्चिमी वायुको प्रभावले देशभरको मौसम प्रभावित भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार देशका अधिकांश स्थानमा बादल लागेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा मध्यम वर्षा भइरहेको छ भने कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ।

विभागले कोशी, मधेस र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरेको छ। त्यस्तै, विभिन्न प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ। पर्यटकलाई उच्च हिमाली क्षेत्रमा यात्रा नगर्नसमेत अनुरोध गरिएको छ।

यसैगरी, धानबाली भित्र्याउनेलगायत कृषि कार्य केही समय रोक्न पनि विभागले सुझाव दिएको छ।

चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नदेखि क्रमशः कमजोर हुँदै जाने र आइतबारदेखि मौसममा सुधार आउने विभागको पूर्वानुमान छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP