न्यायालय पुनर्संरचनाका लागि संसद्‌बाट प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

न्यायालय पुनर्संरचनाका लागि संसद्‌बाट प्रक्रिया अघि बढाउने रास्वपाको निर्णय

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका पछिल्ला विवाद, बेथिति र विसंगतिको निरुपण संसद्‌मार्फत गर्ने निर्णय गरेको छ।

शनिबार बसेको पार्टीको सचिवालय बैठकले न्यायालय पुनर्संरचनाका लागि संसदीय प्रक्रिया अघि बढाउन आफ्नो संसदीय दललाई निर्देशन दिएको हो।

पार्टीका प्रवक्ता जगदीश खरेलले न्यायालयमा देखिएका विवाद र केही न्यायाधीशमाथि उठेका प्रश्नको छिनोफानो न्याय परिषद्बाट मात्रै सम्भव नहुने बताए। उनले समग्र न्याय क्षेत्रको पुनर्संरचनाका लागि संवैधानिक बाटो संसद् नै भएको स्पष्ट पारे।

खरेलले रास्वपाले शक्ति पृथकीकरणको सिद्धान्तलाई आत्मसात् गरेको उल्लेख गर्दै आफ्नै घोषणापत्र र बाचापत्रमा न्यायालय पुनर्संरचनाको प्रतिबद्धता जनाएको स्मरण गराए।

न्यायाधीशहरूमाथि महाअभियोग लगाउने तयारी हो भन्ने पत्रकारहरूको प्रश्नमा भने उनले स्पष्ट जवाफ दिएनन्। संसदीय प्रक्रियामा प्रवेश गरेपछि मात्रै त्यसको परिणाम स्पष्ट हुने उनको भनाइ थियो।

रास्वपाको यो निर्णयसँगै न्यायालयको पुनर्संरचना, न्यायाधीशमाथि उठेका विवाद र सम्भावित संसदीय कारबाहीको विषय थप चर्चामा आएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP