पत्रकार पक्राउ प्रकरणमा रास्वपाको सचिवालय बैठक बस्दै

पत्रकार पक्राउ प्रकरणमा रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । पत्रकार पक्राउ प्रकरणलाई लिएर सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालय बैठक बोलाएको छ।

शनिबार बिहान ११ बजेका लागि बोलाइएको बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारलाई नियन्त्रणमा लिएको घटनाबारे छलफल हुने भएको छ।

समाचार कक्षबाटै पत्रकार पक्राउ गरिएको घटनाले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठिरहेका बेला रास्वपाले यस विषयलाई बैठकको एजेन्डा बनाएको हो।

पछिल्लो घटनाले सरकार र सञ्चार क्षेत्रबीच थप बहस सिर्जना गरेको छ। बैठकले यस विषयमा कस्तो धारणा बनाउँछ भन्ने चासो बढेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
11 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP