कङ्गोमा इबोला सङ्क्रमणको त्रास, हजारौँको ज्यान गएको दाबी

कङ्गोमा इबोला सङ्क्रमणको त्रास, हजारौँको ज्यान गएको दाबी

काठमाडौ । अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको प्रकोपलाई लिएर गम्भीर चिन्ता बढेको छ। सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्यकर्मी परिचालन गरिए पनि रोग फैलिने जोखिम र मानवीय संकटबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भएको छ।

इबोला अत्यन्त घातक संक्रामक रोग हो। संक्रमित व्यक्तिको रगत, शरीरका तरल पदार्थ तथा दूषित सामग्रीको प्रत्यक्ष सम्पर्कबाट यो रोग सर्न सक्छ।

विश्व स्वास्थ्य संगठनका अनुसार अक्टोबर २० सम्म कङ्गोमा मात्रै ९ हजार ७०४ जना संक्रमित र ४ हजार ६८७ जनाको मृत्यु भएको थियो। अक्टोबर २८ सम्म अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार कङ्गो, केन्या, नाइजेरिया र युगान्डासहित विभिन्न देशमा संक्रमण देखिएको छ। 

अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसका अनुसार अक्टोबर ३१ सम्म कङ्गोमा मात्रै मृतकको संख्या ५ हजार नाघेको छ। संक्रमण फैलिँदै जाँदा अफ्रिकाभर महामारीको जोखिम बढेको छ। 

विश्व स्वास्थ्य संगठनले प्रभावित क्षेत्रमा निगरानी, संक्रमितको पहिचान, सम्पर्कमा आएका व्यक्तिको खोजी र उपचारलाई तीव्र बनाउन आग्रह गरेको छ।

इबोला नियन्त्रणमा चुनौती थपिनुको प्रमुख कारण सशस्त्र द्वन्द्व, स्वास्थ्यकर्मीमाथि हुने आक्रमण, स्रोतसाधनको अभाव र समुदायमा देखिएको अविश्वाससमेत रहेको छ। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP