चर्चामा
काठमाडौं । विश्वकै महत्त्वपूर्ण तेल ढुवानी मार्ग मानिने होर्मुज जलडमरूमा भारतीय नागरिक सवार तेल ट्याङ्करमाथि विस्फोटक पदार्थ प्रयोग गरी हमला भएको छ।
पनामा ध्वजावाहक तेल ट्याङ्कर एमटी लुइस–१ माथि अक्टोबर ३० मा चुम्बकीय विस्फोटक उपकरणबाट हमला भएको हो। घटनाका कारण जहाजको इन्जिन कक्षमा आगलागी भएको थियो।
जहाजमा सवार २७ जना भारतीय नागरिकसहित चालक दलका सबै सदस्य सुरक्षित रहेको भारतका बन्दरगाह, जलमार्ग तथा जहाजरानीमन्त्री सर्वानन्द सोनोवालले जानकारी दिएका छन्। घटनामा मानवीय क्षति नभएको र आगो नियन्त्रणमा लिइएको जनाइएको छ।
समुद्री सुरक्षा स्रोतका अनुसार एउटा सानो डुङ्गाबाट जहाजको बाहिरी भागमा दुईवटा चुम्बकीय विस्फोटक उपकरण जडान गरिएको थियो। विस्फोटपछि केही समय जहाजको सञ्चालन प्रभावित भए पनि पुनः आफ्नो गन्तव्यतर्फ अघि बढेको छ।
यसअघि अक्टोबर २९ मा दुई भारतीय नागरिक सवार अर्को तेल ट्याङ्कर एमटी अरजानाहमाथि पनि हमला भएको थियो। दुवै जहाजमा रहेका २९ जना भारतीय नागरिक सुरक्षित रहेको भारत सरकारले जनाएको छ।
विश्वको करिब पाँच भागको एक भाग तेल आपूर्ति हुने प्रमुख समुद्री मार्ग होर्मुजमा पछिल्लो घटनाले अन्तर्राष्ट्रिय तेल बजार र समुद्री सुरक्षामा थप चिन्ता बढाएको छ।
हमलामा कसको संलग्नता थियो भन्नेबारे भने अहिलेसम्म आधिकारिक पुष्टि भएको छैन।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!