इटालीमा महँगीविरुद्ध हजारौँ सडकमा, सरकारको नीतिविरुद्ध देशव्यापी प्रदर्शन

इटालीमा महँगीविरुद्ध हजारौँ सडकमा, सरकारको नीतिविरुद्ध देशव्यापी प्रदर्शन

काठमाडौं । बढ्दो महँगी, न्यून ज्याला र कमजोर सार्वजनिक सेवाको विरोधमा इटालीमा हजारौँ विद्यार्थी तथा श्रमिक सडकमा उत्रिएका छन्।

शुक्रबार अक्टोबर ३० मा देशव्यापी आमहडतालसँगै रोम, मिलान, टुरिन, नेपल्स, बोलोग्ना र जेनोआसहित ४० भन्दा बढी सहरमा प्रदर्शन भएको हो।

प्रदर्शनकारीले सरकारले शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवामा पर्याप्त बजेट विनियोजन नगरेको भन्दै आक्रोश व्यक्त गरेका छन्। उनीहरूले न्यूनतम ज्याला वृद्धि, इन्धन तथा दैनिक उपभोग्य वस्तुको मूल्य नियन्त्रण र विद्यार्थीका लागि आवास तथा शिक्षामा सहुलियतको माग गरेका छन्।

प्रधानमन्त्री जर्जिया मेलोनी नेतृत्वको सरकारको सैन्य खर्च बढाउने नीतिको समेत विरोध गरिएको छ। प्रदर्शनकारीले युद्ध र हतियारमा खर्च बढाउनुको सट्टा शिक्षा, स्वास्थ्य र रोजगारीमा लगानी गर्न माग गरेका छन्।

प्रदर्शनका क्रममा टुरिनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। प्रहरीले भीड नियन्त्रण गर्न पानीको फोहोरा प्रयोग गरेको छ। रोममा केही प्रदर्शनकारीले फोहोरका डब्बामा आगजनी गरेका छन् भने मिलानमा प्रदर्शनकारी सडकमा उत्रिएका थिए।

पछिल्ला सातादेखि इटालीमा विद्यार्थी आन्दोलन चर्किँदै गएको छ। फ्रान्स र स्पेनलगायत युरोपका अन्य देशमा पनि महँगी र सरकारी नीतिविरुद्ध प्रदर्शन भइरहेका छन्। 

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP