चर्चामा
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पत्रकारितामा कुनै पनि प्रकारको बाधा नपुर्याउन प्रहरी संगठन प्रतिबद्ध रहेको बताएका छन्।
विभिन्न सञ्चारगृहमा आबद्ध पत्रकारहरू पक्राउ परेको २४ घण्टा नबित्दै आईजीपी कार्कीले पत्रकारहरूबाट निष्पक्ष, तथ्यपूर्ण र साहसिक रिपोर्टिङको अपेक्षा गरेको बताएका हुन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सञ्चारकर्मीको निष्पक्ष र तथ्यमा आधारित पत्रकारितालाई नेपाल प्रहरीले सधैं सम्मान गर्ने उल्लेख गरेका छन्।
‘सञ्चारकर्ममा कतै, कुनै पनि प्रकारको बाधा नपरोस् भन्ने कुरामा हरसम्भव सहयोग गर्न नेपाल प्रहरी दृढ प्रतिबद्ध छ,’ उनले लेखेका छन्।
विपद्का बेला नागरिकलाई सही समयमा सही सूचना प्रवाह गरी सम्भावित क्षति न्यूनीकरण गर्न सञ्चारकर्मीको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले प्रहरी र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताएका छन्।
काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई मासिक आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेक ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!