निरन्तर वर्षाले त्रिवि क्रिकेट रंगशालाको पिच जलमग्न, एनपीएलका दुई खेल प्रभावित

निरन्तर वर्षाले त्रिवि क्रिकेट रंगशालाको पिच जलमग्न, एनपीएलका दुई खेल प्रभावित

काठमाडौं । बिहानैदेखि परेको निरन्तर वर्षाका कारण त्रिवि क्रिकेट रंगशालाको पिच पानीले भरिएको छ। वर्षाका कारण आज नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत हुने दुई खेल प्रभावित भएका छन्।

वर्षाबाट जोगाउन पिच छोपेर राखिए पनि निरन्तरको पानीले मैदानमा असर परेको छ। खेल सञ्चालन गर्ने वा रद्द गर्ने भन्नेबारे आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले भने औपचारिक निर्णय सार्वजनिक गरेको छैन।

आजको पहिलो खेलमा साविक विजेता लुम्बिनी लायन्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ। त्यस्तै, दोस्रो खेलमा विराटनगर किंग्स र दुई संस्करणकै उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्।

वर्षा नरोकिए आजका दुवै खेल स्थगित वा रद्द हुन सक्ने सम्भावना छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP