चर्चामा
धनुषा । धनुषाको नगराइन नगरपालिका-७ देवडिहाका ७ वर्षीय बालक साकेत झा १० दिनपछि मृत अवस्थामा फेला परेका छन्।
अजय झाका छोरा साकेतको शव घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फ रहेको धानखेतमा फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार गत कात्तिक ४ गते दशैंको टीकाका दिन घरबाट निस्किएका साकेत त्यसपछि बेपत्ता भएका थिए। उनको खोजी भइरहेको अवस्थामा १० दिनपछि शव फेला परेको हो।
बालकको हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!