पत्रकारमाथिको धरपकडबारे छानबिन गर्न रास्वपाको निर्देशन

पत्रकारमाथिको धरपकडबारे छानबिन गर्न रास्वपाको निर्देशन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पत्रकार पक्राउ तथा सञ्चारगृहमा प्रहरी प्रवेश गरेको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

पार्टीको सचिवालय बैठकपछि सभापति रवि लामिछानेले संविधान र लोकतन्त्रभन्दा माथि कोही नरहेको स्पष्ट पार्दै पत्रकारिताको स्वतन्त्रतामाथि आँच पुर्‍याउने जोकोही कारबाहीको भागिदार हुनुपर्ने बताएका छन्।

पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै लामिछानेले आफू वा अन्य जोसुकै भए पनि संविधानविपरीत गतिविधि गरे सजायको भागिदार हुनुपर्ने बताए।

त्यस्तै, पार्टीका प्रवक्ता जगदिश खरेलले पत्रकार तथा सञ्चारकर्मी पक्राउ पर्नुको कारण, प्रक्रिया र त्यसमा संलग्न व्यक्तिबारे छानबिन गर्न सरकारलाई स्पष्ट निर्देशन दिइएको जानकारी दिए।

उनले छानबिनपछि कारबाहीको परिणाम देखाउनसमेत सरकारलाई निर्देशन दिएको बताए। पत्रकार कुनै दल वा सरकारको नभई देशको चौथो अंग भएको उल्लेख गर्दै खरेलले सञ्चार क्षेत्रमाथिको धरपकड रास्वपालाई स्वीकार्य नहुने स्पष्ट पारे। 

रास्वपाले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्ने प्रतिबद्धता जनाउँदै घटनामा संलग्न दोषीलाइ  कारबाही गर्नुपर्ने धारणा सार्वजनिक गरेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

मियामी विमानस्थलमा यात्रुवाहक र कार्गो विमान ठोक्किए, दुई यात्रु घाइते
10 घण्टा अगाडि

काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...

छुटाउनुभयो कि ?

TOP