चर्चामा
काठमाडौँ । अमेरिकामा बस्दै आएकी नेपाली लोकगायिका अमृता लुङ्गेली मगरको स्वरमा तिहार विशेष गीत ‘झिलीमिली देउसी भैलो’ सार्वजनिक भएको छ।
तिहारको सांस्कृतिक परम्परा, देउसीभैलो र दाजुभाइ तथा दिदीबहिनीबीचको सम्बन्धलाई समेटेर तयार पारिएको गीत दीपावलीको पूर्वसन्ध्यामा सार्वजनिक गरिएको हो।
गीतमा राजु परियार, घमेश दुलाल, सरोज बिरही कार्की, सीता थापा, राधिका हमाल र अमृता लुङ्गेली मगरको स्वर रहेको छ। गीतका शब्द, संगीत तथा एरेञ्ज सरोज बिरही कार्कीले गरेका हुन्।
खगेन्द्र गिरीको निर्देशनमा तयार भएको भिडियोमा पीएन सापकोटा, सम्झना लामिछाने मगर र अमिस उपरकोटीले अभिनय गरेका छन्। भिडियोको छायांकन केशव विश्वकर्मा र सम्पादन कल्पेश विश्वकर्माले गरेका हुन्।
करिब दुई दशकदेखि नेपाली लोकसंगीतमा सक्रिय अमृता लुङ्गेली मगरका ‘साली भेना’, ‘बाच्छी कहाँ हरायो’, ‘जो धेरै नाच्छ उ धेरै बाँच्छ’, ‘सरर प्लेनमा आए’ लगायत गीत लोकप्रिय छन्। उनले सांगीतिक योगदानका लागि विभिन्न अवार्ड तथा सम्मानसमेत प्राप्त गरेकी छन्।
गायिकाकै रूपमा ‘एक्स्ट्राअर्डिनरी भिसा’ प्राप्त गरेकी मगर हाल परिवारसहित अमेरिकामा बस्दै आएकी छन्। विदेशमा रहेर पनि नेपाली लोकसंगीतमा सक्रिय उनले तिहारको सांस्कृतिक मौलिकता र परम्परालाई गीतमार्फत प्रस्तुत गरेकी छन्।
गीत गायिका मगरको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
काठमाडौं । अमेरिकाको फ्लोरिडास्थित मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बोइङ र कार्गो विमान ...
प्रतिक्रिया
No approved comments yet. Be the first to comment!