गाजामा इजरायली आक्रमण, चार वर्षीय बालकसहित आठ प्यालेस्टिनीको मृत्यु

गाजामा इजरायली आक्रमण, चार वर्षीय बालकसहित आठ प्यालेस्टिनीको मृत्यु

काठमाडौं । प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायली सेनाले गरेको हवाई आक्रमणमा चार वर्षीय बालकसहित कम्तीमा आठ प्यालेस्टिनीको मृत्यु भएको छ।

आइतबार गाजाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै आक्रमणमा उनीहरूको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

दक्षिणी गाजाको खान युनिसस्थित अल–मवासी क्षेत्रमा भएको आक्रमणमा पाँच जनाको मृत्यु भएको छ। त्यस्तै, उत्तरी गाजाको गाजा सिटीमा भएको अर्को आक्रमणमा तीन जनाको ज्यान गएको छ। मृतकमध्ये चार वर्षीय बालकसमेत रहेका छन्। घटनामा एक महिलासहित अन्य केही व्यक्ति घाइते भएका छन्।

इजरायली सेनाले खान युनिस क्षेत्रमा लडाकुहरूलाई लक्षित गरी कारबाही गरेको जनाएको छ। गाजा सिटीमा भएको आक्रमणबारे भने तत्काल विस्तृत प्रतिक्रिया दिएको छैन।

सन् २०२५ अक्टोबरमा युद्धविराम लागू भए पनि गाजामा इजरायली आक्रमण रोकिएको छैन। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार युद्धविराम लागू भएयता इजरायली आक्रमणमा एक हजार पाँच सयभन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ।

सन् २०२३ अक्टोबरदेखि सुरु भएको युद्धमा हालसम्म ७४ हजार पाँच सयभन्दा बढी प्यालेस्टिनीको ज्यान गइसकेको छ।

युद्धविराम कायम रहे पनि निरन्तर भइरहेका आक्रमणले गाजामा शान्ति स्थापना गर्ने प्रयास थप चुनौतीपूर्ण बनेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP