प्रधानमन्त्री शाहको चेतावनी : ‘उम्किन्छु भनेर सपना नदेख्नू’’

प्रधानमन्त्री शाहको चेतावनी : ‘उम्किन्छु भनेर सपना नदेख्नू’’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत साङ्केतिक चेतावनी दिएका छन्।
प्रधानमन्त्री शाहले आइतबार साँझ फेसबुकमा स्टाटस लेख्दै सही समय आएपछि सबैको गलत समय आउने बताएका हुन्।

उनले लेखेका छन्, ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक–दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’

प्रधानमन्त्री शाहले उक्त अभिव्यक्ति कसलाई वा कुन विषयलाई लक्षित गरेर दिएका हुन् भन्नेबारे भने खुलाएका छैनन्।

न्युजरुमबाटै पत्रकार पक्राउ परेको घटनालाई लिएर सरकारको चर्को आलोचना भइरहेका बेला प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति सार्वजनिक भएको हो। पत्रकार पक्राउ प्रकरणमा सरकारको जवाफदेहितामाथि प्रश्न उठिरहेका बेला आएको उनको स्टाटसलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसैबीच, प्रधानमन्त्रीको स्टाटसमा उनका सल्लाहकार कुमार बेनले पनि टिप्पणी गरेका छन्। उनले ‘सही समय भनेको कहिले हो, शनिबार आइतबार हो ?’ भन्दै प्रश्न गरेका छन्।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

छुटाउनुभयो कि ?

TOP