स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवारी आवेदन, सात उपसमिति गठन

स्थानीय तह निर्वाचनका लागि रास्वपाले खोल्यो उम्मेदवारी आवेदन, सात उपसमिति गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको छ। पार्टीले उम्मेदवार बन्न इच्छुक तथा योग्य व्यक्तिका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ।

पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा महामन्त्री एवं उम्मेदवार छनोट रूपरेखा कार्यान्वयन तथा समन्वय समितिका संयोजक विपिनकुमार आचार्यको सभापतित्वमा बसेको बैठकले उम्मेदवार छनोट प्रक्रियालाई व्यवस्थित बनाउन विभिन्न निर्णय गरेको हो।

बैठकले उम्मेदवार छनोट प्रक्रियालाई प्रभावकारी बनाउन सातवटा उपसमिति गठन गरेको छ। जसअनुसार क्यान्डिडेट क्लबमा कविन्द्र बुर्लाकोटी, प्रविधिमा सुशान्त वैदिक, गुनासो समन्वयमा जनकसिंह धामी र समावेशिता तथा महिला सहभागितामा डा. तोशिमा कार्कीलाई जिम्मेवारी दिइएको छ।

त्यस्तै, क्षमता विकास समन्वयमा टासी ल्हाजोम, व्यवस्थापनमा रहबर अन्सारी र प्रचारप्रसारमा मिलन लिम्बूलाई संयोजक तोकिएको छ।

रास्वपाले महानगरपालिका तथा उपमहानगरपालिकाका वडाध्यक्ष र वडा सदस्य पदमा उम्मेदवार बन्न चाहने आकांक्षीका लागि आवेदन खुला गर्ने निर्णय गरेको छ। इच्छुक व्यक्तिहरूले पार्टीको ‘क्यान्डिडेट क्लब’मार्फत आवेदन दिन सक्नेछन्।

पार्टीले उम्मेदवार छनोटमा योग्यता, समावेशिता र पारदर्शितालाई प्राथमिकता दिने जनाएको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP