आजदेखि मौसममा क्रमिक सुधार हुने

आजदेखि मौसममा क्रमिक सुधार हुने

काठमाडौं । अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपालनजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर हुँदै गएपछि आजदेखि देशभरको मौसम क्रमिक रूपमा सुधार हुने भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव भने कायमै रहनेछ। हाल लुम्बिनी प्रदेशसहित देशका हिमाली क्षेत्रमा सामान्यतया बादल लागेको छ भने अन्य क्षेत्रमा आंशिक बदली रहेको छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक बदली रहनेछ। हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। तराई, उपत्यका तथा खोँचका केही स्थानमा बिहान हुस्सु लाग्ने सम्भावना रहेको छ।

प्रतिक्रिया

No approved comments yet. Be the first to comment!

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?

TOP